कोरोना सङ्क्रमणबाट भक्तपुरमा एकैदिन १० जनाको मृ त्यु — OSNepal

कोरोना सङ्क्रमणबाट भक्तपुरमा एकैदिन १० जनाको मृ त्यु

LC (KTM) May 18, 2021 0

भक्तपुर, ३ जेठ – कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ एकैदिन १० कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिनुभयो । सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।दाङमा भने कोरोनाबाट   नौ जनाको मृ त्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृ त्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताउनुभयो ।

वडा सदस्यको निधन
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । उहाँको आइतबार राति १२ बजे निधन भएको हो । उहाँ कमलपित्तबाट ग्रसित हुनुहुन्थ्यो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर