काठमाडौं-अफगानिस्तानका जनतामाथि तालिवानले कुनै बदला नलिने जनाएको छ । तालिबानका प्रवक्ता सुहेल शाहीनले प्रत्यक्ष प्रशारणमा बोल्दै अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने बताएका हुन् ।
उनले अफगानिस्तानका जनतालाई, विशेष गरी काबुल शहरमा, उनीहरुको सम्पत्ति, उनीहरुको जीवन सुरक्षित छ भन्ने आश्वासन दिने बदला नलिने बताएका छन् ।
तालिवान देशभर कब्जा जमाउँदै अघि बढेको छ । यसै बिच आइतबार मात्रै काबुल प्रवेश गरेको थियो ।तलिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरिसकेको छ । । वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेको बताइएको छ ।