काठमाडौँ– भारतमा थप ३३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ३३ हजार २२१ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतमा हिजोको तुलनामा केही संक्रमितको संख्या घटेको हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २२ लाख २५ हजार १७५ पुगेको छ । त्यस्तै सोही अबधीमा ४२१ संक्रमितको मृत्यु भएको छ । यो सँगै त्यहा कोरोना कारण मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार ६७४ पुगेको छ ।