राप्रपाको माग — OSNepal

राप्रपाको माग

Kesh Karki (USA) August 15, 2021 0

राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो समय अफगानिस्तानमा बढ्दै गएको तनाबका कारण त्यहाँस्थित नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेको छ । पार्टीद्वारा आज जारी विज्ञप्तिमा अफगानिस्तानमा बसोबास गरेका नेपालीको सुरक्षा व्यवस्था गर्न माग गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै ब्रिटिश गोर्खाका पूर्वसैनिकले न्याय र समानताको माग राखेर लामो समयदेखि बेलायतमा गरिरहेको सङ्घर्षमा पार्टीले ऐक्यबद्धता व्यक्त गरेको छ । पार्टीले उनीहरूका माग पूरा गर्न बेलायती सरकारसँग आग्रह गरेको छ । ती माग पूरा गर्न÷गराउन प्रभावकारी कूटनीतिक प्रयासका निम्ति सरकारको ध्यान आकर्षित गरेको छ । यसैबीच काठमाडौँमा आजदेखि सुरु भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर