बजेट ल्याउनुभन्दा पहिले नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै — OSNepal

बजेट ल्याउनुभन्दा पहिले नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

LC (KTM) May 17, 2021 0

काठमाडौं ३ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै आफुले विश्वासको मत लिने बताएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्ने क्रममा आपुले चाँडै विश्वासको मत लिने बताएका हुन् ।

संविधानको धारा ७६ को ३ अनुसार सबभन्दा ठूलो दलको नेताको हैसियतमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले नियुक्त भएको एक महिना भित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले र बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने तयारी गरेको बताएका छन् ।

यदि ओलीले यसपटक पनि विश्वासको मत पाएनन् भने संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने ओलीको तयारी रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर