अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न सरकारले गठन गर्यो घिमिरेको नेतृत्वमा संयन्त्र — OSNepal

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न सरकारले गठन गर्यो घिमिरेको नेतृत्वमा संयन्त्र

LC (KTM) August 15, 2021 0

काठमाडौँ ३१ साउन । अफगानिस्तानको राजधानी काबुलमा तालिवान लडाकुहरुको प्रवेशसँगै सरकारले अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक संकलन गर्न परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ ।

आज आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह जनाकारी दिएका छन् ।

संयन्त्रमा सीसीएमसी , गृह, पर्यटन लगायतका मन्त्रालयका प्रतिनिधि रहने भएका छन् । यस संयन्त्रले भने अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरुको अवस्थावारे अध्ययन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर