अफगानिस्तानस्थित बेलायत दूतावासमा रहेका नेपालीहरुलाई उद्धार गरी दुवई पुर्याइयो — OSNepal

अफगानिस्तानस्थित बेलायत दूतावासमा रहेका नेपालीहरुलाई उद्धार गरी दुवई पुर्याइयो

LC (KTM) August 15, 2021 0

काठमाडौं ३१ साउन । अफगानिस्तानस्थित बेलायत दूतावासमा रहेका करिब ५० जना नेपाली सुरक्षा गार्डलाई सेनाको जहाजमार्फत उद्धार गरी दुबई पुर्याइएको छ।

दुतावासमा रहेका ५० नेपालीसहित १०० जना सुरक्षागार्डलाई उद्धार गरी दुबई पुर्याइएको जनाइएको छ । दुतावासमा रहेका अन्य २०० जनाको भने उद्धार कार्य हुन बाँकी रहेको बुझिएको छ ।

अन्य सुरक्षागार्डको उद्धार गरेपछि सबैलाई आ आफ्नो देश पठाउने तयारी समेत भइरहेको जनाइएको छ ।

जापान दूतावास, जर्मन दूतावास, क्यानडा दूतावास लगायतमा रहेका नेपालीसहित अन्य विदेशीको उद्धारका लागि भने अहिले सम्म कुने पहन समेत नभएको बताइएको छ ।

तालिबानले राजधानी काबुलबाहेक अफगानिस्तानका सबै मुख्य सहर कब्जा गरिसकेको अवस्थामा त्यहाँ रहेका नेपालीहरु उद्धारको पखाईमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर