ठाकुर पक्षलाई लक्षित गर्दै यादवले भने-ती बिचराहरुलाई विधि र विधान, अनुशासन, कानुन छ भन्ने थाहै छैन — OSNepal

ठाकुर पक्षलाई लक्षित गर्दै यादवले भने-ती बिचराहरुलाई विधि र विधान, अनुशासन, कानुन छ भन्ने थाहै छैन

LC (KTM) August 15, 2021 0

काठमाडौं साउन ३१ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षले आधिकारिकताको दाबी गर्नु हास्यास्पद भएको बताएका छन् ।

आज बिहान एक कार्यक्रमा बोल्दै नेता यादवले यस्तो टिप्पणी गरेका हुन् । कार्यक्रममा आज पर्न गएको भारतीय स्वतन्त्रता दिवसको शु्भकामना दिँदै यादवले भारतको सीमा विवाद, डुबानको समस्या, सुरक्षाका विषयका समस्या समाधानका लागि नेपाल–भारतबीच द्विपक्षीय कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन् ।

गठवन्धन सरकारले ल्याएको साझ न्युनतम कार्यक्रममा समेत छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता दिने उल्लेख गरिएकोले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास आफुमा भएको यादवले जनाएका छन् ।

कार्यक्रममा आफ्नो पार्टीले ठाकुर पक्षका १६ जनालाई पार्टीबाट हटाइकेको जानकारी दिँदै उनले ति १६ जनालाई विचरा भन्दै भने, ‘ती बिचराहरुलाई विधि र विधान, अनुशासन, कानुन छ भन्ने थाहा छैन’ ।

अब भदौ २ गते बस्ने पार्टीको बैठकपछि पार्टी सरकारमा जाने खुलासा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर