मौसम खराबीका कारण सगरमाथासहितका हिमाल आरोहण प्रभावित — OSNepal

मौसम खराबीका कारण सगरमाथासहितका हिमाल आरोहण प्रभावित

LC (KTM) May 17, 2021 0

काठमाडौँ, ३ जेठ – मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ ।

विभागका निर्देशक मीरा आचायले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गर्नुभएको छ । अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरमा छन् । गत वैशाख २४ देखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।

यस मौसमी प्रणालीले आज दिनभर देशका अधिकांश भागमा बदली गरायो । मंगलबारदेखि अझ असर पर्नेछ । चक्रवातको नेपालमा प्रत्यक्ष असर नरहे पनि अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ । महाशाखाले विज्ञप्ति निकालेर यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर