कीर्ते गरी करोडौँको कर्जा लिई फरार रहेका काभ्रेपलाञ्चोकका केदारलाई पोर्चुगलबाट झिकाइयो — OSNepal

कीर्ते गरी करोडौँको कर्जा लिई फरार रहेका काभ्रेपलाञ्चोकका केदारलाई पोर्चुगलबाट झिकाइयो

LC (KTM) August 15, 2021 0

काठमाडौँ- बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रय अनुसन्धान ब्युरोले जनाएको छ। उनलाई आज काठमाडौँ ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र सात लाख जरिवाना हुने ठहर गरेको थियो।

उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुङ्गानाको संलग्नता रहेको खुल्न आएपश्चात् विसं २०७५ पुस ४ गते पक्राउ अनुमति लिइ खोजी शुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर