इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा नै चम्किए लिभरपुलका सलाह, रचे कीर्तिमान — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा नै चम्किए लिभरपुलका सलाह, रचे कीर्तिमान

LC (KTM) August 15, 2021 0

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले शानदार खेल खेलेको छ । नर्विचको मैदानमा गएराती सम्पन्न खेलमा नर्विच सिटीलाई ३-० गोलले हराउँदै लिभरपुलले सुखद शुरूवात गरेको हो ।

गएराती सम्पन्न खलमा लिभरपुललाई जिताउनका लागि मोहमद सलाह, डिएगो जोटा, रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । पाँच सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै भरपर्दा खेलाडी सलाहले वाहवाही बटुले । उनले नर्विचविरुद्ध गोल गरेसँगै सलाहले प्रिमियर लिगमा कीर्तिमान बनाएका हुन् ।

यो पनि : पीएसजीमा कहिले देखि खेल्छिन् मेस्सी ? मेस्सीको खेल हेर्न केही समय कुर्नुपर्ने : लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइन (पीएसजी) मा आवद्ध भइसकेका भएता पनि उनको खेल हेर्न केही समय कुर्नुपर्ने भएको छ ।

शनिबार ‘प्रास देस प्रिन्सेज’ मैदानमा स्ट्रार्सवर्गगको सामना गर्नुअघि पीएसजीले मेस्सीसहितका आफ्ना ५ नयाँ खेलाडीलाई समर्थकमाझ सार्वजनिक गरेपनि मेस्सीको प्रशिक्षण नपुगेको भन्दै पिएसजीले अझ केही दिन मेस्सीलाई मैदानमा उतार्ने छैन ।

पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले यहीकारण मेस्सीको खेल हेर्न केही समय कुर्नुपर्ने बताएका छन् । पीएसजीले यस सिजनमा मेस्सी सहित आाफ्ना ५ खेलाडी सर्जियो रामोस, जर्जियनियो विज्नाल्डम, असरफ हामिकी र गियानलुईगी डोनारुम्मालाई पनि क्लबमा भित्र्याएको थियो ।

यस खेलअघि यी खेलाडीहरु रंगशालामा वरपर घुमेका थिए । तर, मेस्सीले आफ्नो डेब्युका लागि भने अझै केही समय पर्खनुपर्नेछ किनकी कोपा अमेरिका खेलेर फर्किएपछि उनले राम्ररी प्रशिक्षण गर्न नपाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर