कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तहद्वारा ५५ लाखको कोरोना कोष स्थापना — OSNepal

कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तहद्वारा ५५ लाखको कोरोना कोष स्थापना

LC (KTM) May 17, 2021 0

गलकोट ३ वैशाख- कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा सङ्कटसंग जुध्न कोष स्थापना गरेका हुन् ।

कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासंग सम्बन्धीत काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“स्थानीय तहले आ–आफ्नै ढंगले तयारी थाल्नुभएको छ, त्यो प्रयाप्त छैन, किनभने कोरोना दर निकै बढ्दो रहेको छ” उहाँले भन्नुभयो “कतिपय कुरा स्थानीय तह एक्लैले नसक्ने अवस्था छ, एम्बुलेन्स, शव वाहन लगायतका सवारी सञ्चालनमा समेत साझेदारिताका लागि कोष स्थापना गरिएको हो ।”

जिल्लाको गलकोट, जैमिनी , ढोरपाटन नगरपालिका, निसीखोला तमानखोला, बडिगाड , ताराखोला, बरेङ तथा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा पाँच लाखका दरले जम्मा गर्नेछन् ।

कोषमा जम्मा भएको रकम ंसङ्क्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पतालसंग समन्वय गरी खर्च गरिनेछ । यस्तै बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परिपूर्तीको लागि संघ तथा प्रदेश सरकार संग आग्रह गरिएकाृ छ । कोरोनाको पहिलो लहरमा समेत बागलुङका दश स्थानीय तहले संयुक्त रुपमा कोरोना संग जुध्न कोष स्थापना गरी काम गरेका थिए उक्त काम प्रभावाकारी भएको थियो यसैले दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोलाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

अहिले शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाको शव वाहन नगरपालिका भित्र मात्रै सेवा नदिएर जिल्लाभर सेवा दिन तत्पर रहेको नगरपालिकाले जनाएको छ । अहिले दश पालिकाका ४० कोरोना सङ्क्रमित धौलागिरी अस्पतालको आइसोलेशनमा उपचाररत् छन् ।

तीन करोड बजेट विनियोज
कोरोनासंग जुध्नका लागि बागलुङको धौलागिरी अस्पतालललाई संघीय सरकारले रु. तीन करोड रकम विनियोजन गरेको छ । अस्पतालमा आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका कार्य गर्नका लागि सो रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि मन्त्रालयले छुट्टाएको रु.४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता संगै जिल्लाको धौलागिरी अस्पतालमा रु तीन करोड बजेट विनियोजन भएको हो ।

मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत किरण पौडेलले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले द्रुत कार्ययोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेकाले कार्यान्वयनमा ढिलाई नहुने पौडेलको भनाई रहेको छ ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको जानकारी गराएको छ ।

धौलागिरी अस्पतालमा कोरोनाका विरामी थेगी नसक्नुभएको सन्र्दभमा रु. तीन करोड बजेट विनियोजन हुँदा अस्पताल व्यवस्थापन र विस्तारमा ठूलो राहत हुने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । “सरकारले बजेट विनियोजन गरी कोरोना महामारी संग जुध्न सहजता प्रदान गरेको छ” उहाँले भन्नुभयो “बजेटको कार्यान्वयन र खरिद प्रकेया छोटो बनाएर ततकालै सेवा थप गर्नेगरी काम गर्न आवश्यक छ, त्यसका लागि खरीद प्रकृयामा स्वास्थ्य मन्न्त्रालयको ध्यान पुगोस ।” अस्पतालमा अहिले ४० सक्रमितको उपचार भइरहेको छ भने जिल्लामा अहिले ८०० सक्रिय संङक्रमित छन् ।

अस्पतालमा तीन आइसीयू, दुई भेन्टिलेटर सहित ३५ श्ययाको आइसोलेशन छ । चालीस सङ्क्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले समेत रु.६० लाख रकम विनियोजन गरेको छ । संघीय सरकारले पठाएको बजेटले अस्पतालमा आइसीयू भेन्टिलेटर तथा श्यया थप हुनेछ भने अक्सिजन जम्मा गर्न सकिने ट्याङ्क समेत निर्माण हुने छ । बजेट विनियोजन अनुसार खरीद प्रक्रिया थाल्ने तयारीमा अस्पताल रहेको छ । अस्पतालमा जतिसक्दो छिटो थप आइसीयू, भेन्टिलेटर तथा क्षमता विस्तारका लागि निरन्तरको पहलपछि बजेट विनियोज भएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर