इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टरका लागि ब्रुनो बने नायक , सिजनको पहिलो खेलमा नै शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टरका लागि ब्रुनो बने नायक , सिजनको पहिलो खेलमा नै शानदार जित

LC (KTM) August 14, 2021 0

म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा नै शानदार जित हाँसिल गर्दै बिजयी सूरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा लिड्स युनाईटेडलाई एकका बिरुद्ध पाँच गोल अन्तरले स्तब्ध बनाउँदै युनाईटेडले उत्कृष्ट सुरुवात गरेको हो ।

आजको खेलमा युनाईटेडका लागि ब्रुनो फर्नान्डेज नायक बने । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे । त्यस्तै युनाईटेडका लागि ग्रीनउड र फ्रेडले पनि एक एक गोलको योगदान दिए ।

लिड्सका लागि भने लुक आयलिङले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । यो जितसँगै युनाईटेडले आफ्नो खातामा हिलो खेलमा नै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ । लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर