प्रतिगमन फर्कने खतरा अझै रहेकाले वाम लोकतान्त्रिक कायम नै राख्नुपर्छ : प्रचण्ड — OSNepal

प्रतिगमन फर्कने खतरा अझै रहेकाले वाम लोकतान्त्रिक कायम नै राख्नुपर्छ : प्रचण्ड

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा अझै रहेकाले वाम लोकतान्त्रिक कायम मै राख्नु पर्ने बताएका छन् । आज शनिबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै

प्रतिगमनप्रति सचेत हुनुपर्छ भन्दै यस्तो बताएका हुन् । पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थिक रुपान्तरणका काम अगाडि बढाउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

प्रतिगामी नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिगामी कदम चालेर पार्टीलाई विभाजित गर्दा कम्युनिष्ट आन्दोलनमा ठूलो नोक्सानी भएको समेत प्रचण्डले बैठकमा बताएका छन् । ‘तत्कालीन प्रधानमन्त्री ओलीले राष्ट्रपति समेतको सहयोगमा जुन प्रतिगामी कदम चालेर नेपाली कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने काम गरे, त्यसले त्यो प्रक्रियामा निकै ठूलो नोक्सानी पुर्‍याएको छ’ उनले भने ।

प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा भनिएको छ , ‘ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत भएपनि उनले आत्मालोचना गरेर सुध्रिने प्रयास गर्नुको साटो झन् निरंकुश र तानाशाही बनेको भन्दै प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे ।’

ओलीले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरेको समेत प्रचण्डले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर