आफ्नै प्रेमिकालाई आगो लगाएर फरार भएका रामेछापका खड्का १६ वर्षपछि यो अवस्थामा पक्राउ — OSNepal

आफ्नै प्रेमिकालाई आगो लगाएर फरार भएका रामेछापका खड्का १६ वर्षपछि यो अवस्थामा पक्राउ

LC (KTM) August 14, 2021 0

३० साउन । १६ वर्ष अघि आफ्नै प्रेमिकालाई आगो लगाएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको माकादुङ्ग गाविस ५ हाल खाँडादेवी गाउँपालिका ६ घर भएका गबहादुर खत्री रहेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्गथलीमा बस्दै आएका निजलाई गत साउन २७ गते तास खेलिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । निजले १६ वर्ष अघि २०६२ पौष ६ गते कलंकीको लामपाटीस्थित प्रेमिका भगवती अधिकारीलाई कोठामा आगो लगाई झ्यालबाट फाल हालेर गबहादुर भागेका थिए ।

कोठामा आगो लागेपछि सोही घरमा बस्ने मानिसहरु देखेर कोठाको ढोका फोडी भगवतीलाई गम्भीर अवस्थामा उपचारका लागि लगेका थिए । उपचारका क्रममा उनको ७ पौष २०६२ मा मृत्यु भएको थियो । त्यो समयमा खड्का ३० वर्षका थिए ।

सीआइबी प्रवक्ता एसपी श्याम कुमार महतोका दिएको जानकारी अनुसार गबहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ ।

विवाहित भगवतीको गबहादुरसँग सम्बन्ध भएपछि उनका पतिले उनस्सँग सम्बन्ध विच्छेद सम्म गरेका थिए । उनका छोराछोरी मामाघरबस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर