मृतकका परिवारलाई पाँच हजार किरिया खर्च — OSNepal

मृतकका परिवारलाई पाँच हजार किरिया खर्च

Kesh Karki (USA) August 14, 2021 0

चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर