उपाध्यक्ष गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुन्छ ? न रुन सकिने न हाँस्न सकिने : नेपाल — OSNepal

उपाध्यक्ष गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुन्छ ? न रुन सकिने न हाँस्न सकिने : नेपाल

LC (KTM) August 14, 2021 0

काठमाडौँ ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफु आफू गलत प्रवृत्तिविरुद्ध नझुक्ने बताएका छन् ।

आज शनिबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक एक अन्तरक्रियामा बोल्दै नेता नेपालले आफु उपाध्यक्ष वामदेव गौतमले जस्तो अपमान सहेर नबस्ने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफु अपमान सहेर पार्टी एकता गर्न नसक्ने बताएका नेता नेपाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै अहंकार, व्यक्तिवाद र स्वार्थ हाबी भएकाले पार्टीभित्र समस्या देखिएको दावी गरेका छन् । यस्तो प्रवृति सहेर एकता नगरिने बरु यसविरुद्ध आफु जुध्न समेत तयार भएको कार्यक्रममा नेपालले बताए ।

‘अहंकार, व्यक्तिवाद, स्वार्थ हाबी भयो, विकृति विसंगति धेरै कुरामा देखा परे,त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनै काम गरिँदैन, त्यसविरुद्ध जुधिन्छ, अपमान सहेर पार्टी एकता गर्न सकिँदैन।’ नेपालले भने ।

नेता गौतमको प्रसंग निकाल्दै नेपालले भने, ‘अपमानित भएर भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुन्छ रु न रुन सकिने न हाँस्न सकिने रु त्यो अवस्थामा कोही पनि नपरून् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर