सबैतिरबाट अल्पमतमा परेपछि पदको दुरुपयोग गरी मुलुकलाई निरंकुशता तिर धकेल्ने परिघटनाले ओली एक्लो भए — OSNepal

सबैतिरबाट अल्पमतमा परेपछि पदको दुरुपयोग गरी मुलुकलाई निरंकुशता तिर धकेल्ने परिघटनाले ओली एक्लो भए

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट नगिदै गएको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रिय कमिटिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओली सबैतिर बाट नाङगिदै गएपछि ओली कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकता सवै भताभुंग पारेर ध्वत्मसांत्मक गतिविधिमा लागेको टिप्पणी गरेका हुन् ।

सबै तिरबाट अल्पमतमा परेपछि , एकतिहाई पनि पुराउन नसक्ने भएपछि पदको दुरुपयोग गरी निरंकुशता तिर धकेल्ने परिघटनातिर लैजान संसद विघटन गर्ने काम ओलीले गरेको प्रचण्डल आरोप लगाएका छन् ।

‘ध्वम्सात्मक ढंगले गएका ओलीको परिणामले आज एक्लो भए’ प्रचण्डले बैठकमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर