काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले गठवन्धन सरकारको मन्त्रिपरिषद् विस्तार माओवादीका कारण नभई सत्ता पक्षकै कारण ढिलाई भएको दावी गरेका छन् ।
आज काठमाडौंको वत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको पार्टीको केन्द्रीय कमिटि बैठकलाई सम्वोधन गदै अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टीको केन्द्रीय कमिटि बैठक सकेपछि मन्त्रीमण्डल विस्तार गरौला भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मनित्रपरिषद् विस्ता गर्न ढिलाई गरेको प्रचण्डको तर्क रहेको छ ।
पहिला एमाले भित्रको अन्तरसंर्घषले एउटा स्वरुप लिएपछि विस्तार गर्नुपर्छ थियो तर पछि सत्ता पक्षको केन्द्रीय कमिटिको वैठक पछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने भनिए पछि मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको प्रचण्डले बताएका छन् ।
आफ्नो पार्टीले जहिले भन्यो तहिले मन्त्रिको नाम दिन तयार भएको दावी गरेका प्रचण्डले आफ्नो कारणले ढिलाई नभएको बताएका हुन् ।
‘हाम्रो तर्फवाट हामी हिजै देखि तयार थियौं, हामी प्रधानमन्त्रीले नाम मागेकै दिन स्थायी कमिटि बसेर दिन सकने अवस्थामा छौं ।’ प्रचण्डले भने ।