काठमाडौं ३० , साउन । बाबुले चलाएको बन्दुकको गोली लागेर आफ्नै छोरोको ज्यान गएको छ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु हो ।
मकै बारीमा भएको स्याल मार्न चलाएको गोली लागि घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरा लम्तरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पा दिएको जानकारी अनुसार बाबु कर्णबहादुरलाई हतियार सहित पक्राउ गरिएको छ । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।