महाराष्ट्रको औरंगाबादको एक होटलको बाहिर महिलाले आफ्नो पतिलाई गर्लफ्रेण्ड संग गफ दिईरहेको अवस्थामा भेटेकी छिन् । यसपछि पत्नीलाई एकदमै रिस उठ्छ र उनले आफैलाई नियन्त्रण गर्न सक्दिनन् । पत्नीले गर्लफ्रेण्डलाई पक्रिएर घाँटी थिच्न थाल्छिन् र कुटपीट सुरु गर्न थाल्छिन् ।
उनले लछार पछार गर्दै उक्त केटीलाई कुटपीट गर्न थाले पछि मान्छेको पुरा भिड लाग्छ । यस हाईभोल्टेजवाला सडकबीचको खुलेआम नाटकलाई कसैले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिदिएका छन् । अहिले यो भिडियो लास्टै भाइरल भइरहेको छ । ती पतनीलाई आफ्नो पति प्रति शंका थियो ।
तर यी आम कुराका बीच पनि यो कुरालाई उनले अस्वीकार गर्दै आएकी थिईन् । तर उनले आफ्नो पति प्रति झन् शंका बढ्न थालेपछि उनको पछि लाग्न थालिन् । जब उनको पति घरबाट बाहिर निस्कन्छन् त्यसपछि उनी पछि लाग्न थालिन् । उनी एक दिन पतिलाई पछ्याउँदै औरंगाबाद स्थित होटल कार्तिकीमा पुगिन् त्यहाँ उनले आफ्नो पति गर्लफ्रेण्ड संग मस्किदै कुरा गरिरहेको भेट्छिन् ।
यो दृश्य देखेपछि उनी एकदमै आक्रोशीत भइन् र ती केटी माथि जाइ लागिन् । पतीले यो बिचमा संझाउने प्रयास गरे तर त्यो संभव थिएन् । उनले आफ्नो गर्लफ्रेण्डलाई पनि बचाउने खुब प्रयाश गरेको भिडियोमा देख्न सकिन्छ । बिच सडकमा यो नाटक धेरै बेर सम्म चलेको थियो । यो झगडा लाई लिएर धेरैले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिदिएका छन् ।