आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स¥यो — OSNepal

आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स¥यो

Kesh Karki (USA) August 13, 2021 0

सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले उक्त मुद्दाका सुनुवाई गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो । सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गर्नुभएको रहेछ । त्यसले गर्दा उक्त मुद्दाको सुनुवाइमा हेर्न मिलेन ।

रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर