जर्मनीमा एक स्वास्थ्यकर्मीले कोरोनाको खोप भन्दै नुनपानी लगाई दिएको खुलासा , अनुषन्धान जारी — OSNepal

जर्मनीमा एक स्वास्थ्यकर्मीले कोरोनाको खोप भन्दै नुनपानी लगाई दिएको खुलासा , अनुषन्धान जारी

LC (KTM) August 13, 2021 0

कोरोना तिब्र रुपमा फैलिरहेका बेला बिश्व जगत खोपको आशमा बाँचिरहेको छ । बिभिन्न देशहरुले खोपको निर्माण गरिसकेका छन् भने ती खोपहरुलाई पनि प्रयोगमा ल्याईसकिएको छ । तर जर्मनमा भने एउटा ठुलो रहस्य बाहिर आएको छ ।

त्यहाँकी एक स्वास्थयकर्मीले हजारौ मानिसहरुलाई झुक्याएकी छिन् । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोना बिरुद्धको खोपको सट्टामा स्लाइन पानी दिएको घटना बाहिर आएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटना अहिले मात्र पत्ता लागेको हैन ।

गत मार्च र अप्रिलमै यस घटना बारे प्रहरीले अनुषन्धान सुरु गरेको थियो । त्यतिबेला भने ति स्वास्थ्यकर्मीले आफुले खोपको बोत्तल फुटाएपछि ६ जनालाई मात्र खोपको सट्टामा नुन पानी सिरिन्ज मार्फत दिएको उनले स्वीकारेकी थिईन् । तर प्रहरीले थप अनुषन्धान गर्दै जाँदा फाइजर खोपको सट्टामा धेरै मानिसहरुलाई नुनपानी खोपको माध्यमबाट दिइएको पुष्टि गरेको छ ।

यस घटनाका बिषयमा प्रहरीले थप अनुषन्धान गरिरहेको छ । यो घटनामा राजनितीक स्वार्थ लुकेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । यस घटनाका बिषयमा प्रत्यक्षदर्शीहरु संग बयान लिने क्रम जारी रहेको छ । ति स्वास्थ्यकर्मीले कोभिड १९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्यािउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर