काठमाडौं – एउटा सुँगुर कति बर्षसम्म बाच्छ ? आज हामि संसारकै सबैभन्दा धेरै उमेरको सुँगुरबारे चर्चा गर्दैछौ । हाम्रो गाउँ घरमा पालिएका सुँगुरहरु १०, १५ बर्षसम्म बाच्ने गर्छन् ।
तर विश्वमा यस्तो सुँगुर पनि छ, जुन २० बर्ष भन्दा बढी समयसम्म बाँचिरहेको छ । अमेरिकामा रहेको एक सुँगुर २३ बर्षसम्म बाँचेर गिनिज बुकमा नाम पनि लेखाएको छ ।
२३ बर्षको उक्त सुँगुर इलिनोइसमा बस्ने एक दम्पतीले पालेका छन् । बेबी जेन नामको यो सुँगुरको उमेर अहिले २३ बर्ष २ महिना पनि नाघिसकेको छ । ती दम्पतीले आफ्नो सूगुरलाइृ निकै माया गर्छन् । सँगै सुताउँछन् ।
सँग लिएर डुलाउन लान्छन् । बेबी जेन ओछ्यानमा सुत्न पाउदा धेरै खुशी हुन्छ । दिशा पिसाब पनि अलक्क गर्छ । लुसी नामको अर्को सूगुरसँग बेबी निकै रमाएर खेल्ने गर्छ । दुई सुँगुर धेरैजसो घरभित्र बसिरहने गर्छन् ।