शिक्षकको धर्ना कार्यक्रममा प्रहरीको हस्तक्षेप, ४० शिक्षक पक्राउ — OSNepal

शिक्षकको धर्ना कार्यक्रममा प्रहरीको हस्तक्षेप, ४० शिक्षक पक्राउ

LC (KTM) August 13, 2021 0

काठमाडौं । टंगाल माध्यमिक विद्यालयमा भेला भएर प्रधानमन्त्री निवास बालुवाटार घेरा हाल्न हिँडेका शिक्षकहरुलाई प्रहरीले टंगालबाट नै नियन्त्रणमा लिएको छ ।

मध्यान्ह १ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिने तयारीमा लागेका शिक्षकहरुलाई टंगाल माध्यमिक विद्यालयबाट नै प्रहरीले पक्राउ गरेको हो । विभिन्न माग राख्दै प्रधानमन्त्रीको सरकारी निवास घृनै हिँडेका शिक्षकहरुलाई यतिवेला कमलपोखरीमा राखिएको छ ।

शिक्षकहरु गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै आन्दोतीत बनेका हुन् ।

नेपाल शिक्षक महामसंघले आफ्नो धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर