पेरिसमा हाल होटलमा बसिरहेका मेस्सीलाई सर्जियो रामोशले आफ्नो घरमा बस्न बोलाए — OSNepal

पेरिसमा हाल होटलमा बसिरहेका मेस्सीलाई सर्जियो रामोशले आफ्नो घरमा बस्न बोलाए

LC (KTM) August 13, 2021 0

काठमाडौं । हालै बार्सिलोनाबाट पीएसजी गएका फुटबलका सुपरस्टार लियोनेल मेस्सीको यतिबेला सर्वत्र चर्चा छ ।

मेस्सीलाई अर्का स्टार खेलाडी सर्जियो रामोशले आफ्नो घरमा बस्नका लागि बोलाएका छन् । हालै पेरिस गएका मेस्सी होटलमा बसीरहेका मेस्सीलाईरामोशले अफर गरेका हुन् ।रामोशले मेस्सी होटलमा बस्दा वाक्क भएको भएआफ्नो घरमा आउन अफर गरेको डेलीमेलले उल्लेख गरेको छ ।

यि दुवै स्टार खेलाडी ला लिगामा लामो समय चिर प्रतिद्वन्द्वी रहेका रियल म्याड्रिड र बार्सिलोनाका कप्तानद्वय अहिले पेरिस सेन्ट जर्मेनमा समकक्षी बनेर नजिकिएका खेलाडी हुन् ।

मेस्सीले पेरिसमा बस्नका लागि घर नभेटेसम्म आफ्नो घरमा बस्नका लागि उनले आग्रह गरेका हुन् । मेस्सी हाल ले रोयाल मोनेकाउ होटलमा बसिरहेका छन् । जहाँ यसअघि रामोश पनि बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर