राससकर्मीसहित पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान — OSNepal

राससकर्मीसहित पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान

Kesh Karki (USA) August 13, 2021 0

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले राष्ट्रिय समाचार समिति (रासस)का पाँचथर प्रतिनिधि रवीन्द्र काफ्लेसहित जिल्लाका पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ प्रदेश कार्यसमितिको सहयोगमा शाखाले राससकर्मी काफ्लेसहित पत्रकार तुलसी क्षितिज, विजयबोध लावती, भीमकुमार बाँस्कोटा र दुर्गा खनाललाई लेखनवृत्तिबापतको चेक हस्तान्तरण गरेको हो । लेखनवृत्तिको रकम बिहीबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा चेकमार्फत शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले हस्तान्तरण गर्नुभयो ।

कोभिड–१९ सङ्क्रमित तथा कोभिड–१९ को महामारीले समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित प्रतिव्यक्ति रु १० हजार राशिको लेखनवृत्ति प्रदान गरिएको शाखाका अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । लेखनवृत्ति पाएका पत्रकारले कोभिड–१९ सम्बन्धी सचेतनामूलक न्यूनतम दुई वटा विस्तृत समाचार सामग्री तयार पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर