सात वर्षपछि फेरी चेल्सी फर्किए लुकाकु, गरे ५ वर्षको सम्झौता — OSNepal

सात वर्षपछि फेरी चेल्सी फर्किए लुकाकु, गरे ५ वर्षको सम्झौता

LC (KTM) August 13, 2021 0

एजेन्सी । बेल्जियमका फुटबलर रोमेलु लुकाकुको फेरी चर्चा सुरु भएको छ । २८ वर्षीय लुकाकु इंग्लिस क्लब चेल्सीमा फर्किएसँग उनको चर्चा फेरी सुरु भएको हो ।

बेल्जियमका फरवार्ड लुकाकुलाई लण्डन क्लब चेल्सीले बिहीबार अनुबन्धित गरेको हो । लुकाकुलाई चेल्सीले इटालियन क्लब इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७।५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

नयाँ सम्झौता अनुसार लुकाकु चेल्सीमा पाँच वर्ष रहनेछन् । सात वर्षपछि चेल्सी फर्किएका लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाड्नु अघि उनले १५ खेल खेलेका थिए । बेल्जियमका आशा लाग्दा लुकाकुले ९८ खेलमा ६४ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर