काठमाडौं २८ साउन पछिल्लो २४ घण्टामा देशभर ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार २९४ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
्