अवैध लागूऔषध खैरो हेरोइन सहित २० वर्षीय ईश्वर पक्राउ — OSNepal

अवैध लागूऔषध खैरो हेरोइन सहित २० वर्षीय ईश्वर पक्राउ

LC (KTM) August 12, 2021 0

दाङ २८ साउन । अवैध लागूऔषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय ईश्वर बुढा रहेका छन् ।

निजलाई घोराही उपमहानगरपालिका १४ दामोदर चोकबाट २ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

रा.३ प ८७३७ नम्बरको मोटरसाइकमा आउँदै गरेका बुढालाई प्रहरीले चेक जाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर