थापाको प्रश्न: तेस्रो लहरमा बालबच्चालाई खतरा हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले कुन अध्ययनको आधारमा भन्दैछ ? — OSNepal

थापाको प्रश्न: तेस्रो लहरमा बालबच्चालाई खतरा हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले कुन अध्ययनको आधारमा भन्दैछ ?

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा पुर्व मन्त्री गगन थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ ८ बजेपछि पछि सवारी साधानमा लगाएको रोक प्रति प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले काठमाडौंमा साँझ ८ बजेपछि कोरोना संक्रमण बढ्ने र बिहान घट्ने अध्ययन कहाँ भयो भनेर प्रश्न गरेका हुन् । सरकारले खोपका लागि गरेको काम प्रशंसनीय छ तर व्यवस्थापन किन यतिधेरै कमजोर ? भन्दै थापाले अर्को प्रश्न गरेका छन् ।

थापाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गर्दै भने, ‘साँझ काठमाडौंमा संक्रमण बढ्दै जाने, त्योभन्दा बिहान संक्रमण घट्दै जाने । यो वैज्ञानिक प्रमाण, तथ्य, अध्ययन कहाँ भएको हो ? जान्न चाहन्छु ।’ तेस्रो लहर आएको भनिँदै गर्दा यो दोस्रो लहर कहिले सकिएको हो ? तेस्रो लहर भन्ने कुराको प्रामाणिक अध्ययन के हो ? तेस्रो लहरमा बालबच्चालाई खतरा हुन्छ भनेर स्वास्थ्य मन्त्रालय भन्छ, स्वास्थ्य मन्त्रालय कुन अध्ययनको आधारमा भन्दैछ ? थापाले कोरोनाको विषयमा दोस्रो लहर सकियो तेस्रो सुरु भयो भन्दा कुन आधारमा भएको भन्दे संसदमा प्रश्न गरेका हुन् ।

कतै परीक्षा रोकिएको छ, कतै परीक्षा पछाडि सारिएको छ, खोप दिएर परीक्षा गर्ने भनिएको छ, परीक्षार्थीहरू परीक्षा दिन अहिले हलमा बस्नुपर्ने अवस्था भएको बताएका थापाले फेरि प्रश्न गरे , कोभिड पोजेटिभ भएका विद्यार्थीहरू हलमा बसेर परीक्षा दिइरहेको बेलामा यो घटनाको कारणले गर्दा संक्रमण फैलियो भने यसको जिम्मेवारी कसले लिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर