काठमाडौं । कुलमान घिसिङ फेरी संसद छिरेका छन् । कुलमान विद्युत् प्राधिकरणमा पुन नियुक्त भएसँगै उनको चर्च बिहिबार संसदमा भयो । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङको विकल्प छैन भन्ने लगायतका प्रश्नहरु उठाए ।
ओली सरकारले हनुमान मात्रै देखेको र अहिलेको गठबन्धन सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै सांसद महतले कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्ने भन्ने प्रश्न उठाए ।
उनले विद्युत् प्राधिकरणलाई मात्रै कुलमान घिसिङको आवश्यकता नपरेको र कुलमानहरु नेपाल एयरलाइन्स, आयल निगम लगायतका संस्थानमा पनि चाहिएको बताए । उनले ओली सरकारका हनुमानले त कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसकेको समेत आरोप लगाए । उनले भने त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् ।
कुलमानको कामको प्रशंसा गर्दै सांसद महतले भने कुलमानले प्राधिकरण र देशलाई फाइदा नै पुर्याइरहेका छन् । तर मेरो मतलव हो कुलमान बाहेक अरु मान्छेको पनि विकल्प बेलैमा खोजीनु पर्छ ।