यस्ता पुरुषहरु पर्छन् युवतीको रोजाइमा — OSNepal

यस्ता पुरुषहरु पर्छन् युवतीको रोजाइमा

LC (KTM) August 12, 2021 0

काठमाडौं– कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय वेला उनीहरूको व्यवहारले बुझाइमा समस्या पनि ल्याउँछ । केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । केही टिप्स:
भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै, बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारेमा कुरा गर्नुभयो भने उनीहरू खुलेर कुरा गर्न रुचाउँछन् ।
उनीहरूले तपाईंप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपार्इं उनीहरूको नजिकै उभिनुभएको छ भने अप्ठ्यारो महसुस गरेका
हुन सक्छन् ।

कहिलेकाहीँ जिस्क्याउने गर्नुहोस् । तर, वरिपरिको वातावरण, परिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरूको ज्यादै नजिक पुर्‍याउँछ । कुरा गर्न सजिलो पनि हुन्छ ।

उनीहरूसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्नेप्रति महिला बढी आकर्षित हुने गर्छन् ।उनीहरूबारे कुरा गर्नुहोस् । महिलाहरू आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरूबारे तपाईंले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् ।महिलालाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु, आफ्नो विचार व्यक्त गर्नुहोस् ।
प्रश्न गर्दा ठाडो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।

आफ्नो परिचय नलुकाउनुहोस् । काम, इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् ।उनीहरूको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् । सम्पूर्ण रूपमा नियन्त्रित हुँदा कहिलेकाहीँ साथीभन्दा माथिको सम्बन्धमा तपार्इं आफँै बाधक बन्नुभएको हुन सक्छ ।
त्यसैले त्यसबारे उनीहरूको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर