लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश — OSNepal

लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश

Kesh Karki (USA) August 12, 2021 0

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ती चार दलका समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीपदको दाबी पेश गर्नुभएको हो । उहाँ रोल्पा १ ९क०बाट निर्वाचित हुनुभएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष प्रदेशसभाको ४१ सदस्य हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको जानकारी दिनुभयो । प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ सदस्यले सरकारका लागि दाबी पेश गर्नुभएको जनाइएको छ । नेकपा ९एमाले० भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

सतासी सदस्य रहेको प्रदेश सभामा कारबाही र राजीनामापछि ८० सदस्य छन् । नवलपरासी पश्चिमबाट सूर्य चिह्न लिएर स्वतन्त्रबाट निर्वाचित प्रदेशखसभा सदस्य अजय शाही बुधबारदेखि चार दलको पक्ष लिएपछि नेपका ९एमाले०का सदस्य ३७ छन् । ९तस्वीर उपलब्ध छ०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर