मेस्सी बार्सिलोनाका लागि मात्र जन्मिएका हुन्, पीएसजीबाट खेलेको देख्दा दुख लाग्छ : इनिएस्टा — OSNepal

मेस्सी बार्सिलोनाका लागि मात्र जन्मिएका हुन्, पीएसजीबाट खेलेको देख्दा दुख लाग्छ : इनिएस्टा

LC (KTM) August 12, 2021 0

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले २१ वर्षसम्म वार्षिलोनाका लागि खेले । २ दबह बढी समय एउटै क्लबलाई दिएपछि उनका बार्सिलोनाका फ्यानहरु अहिले क्लब छाड्दा निकै दुखी बनेका छन् ।

यसैबिच बार्सिलोनाका लिजेण्ड आन्द्रेस इनिएस्टाले लियोनल मेस्सीलाई पीएसजीको जर्सीमा देख्दा दुख लाग्ने बताएका छन् । मेस्सी बार्सिलोनाका लागि मात्र भएको बताउँदै इनिएस्टाले पीएसजीको जर्सीमा उनलाई देख्दा दुख लाग्ने बताए पनि मेस्सी पीएसजीमा गइसकेका बेला उनका विश्वभरीका फ्यान यतिबेला दुखित बनेका छन् ।

६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा गए लगत्तै बार्सिलोनाका लिजेण्ड आन्द्रेस इनिएस्टाले भने मलाई थाहा छैन आन्तरिक रूपमा के भयो तर क्लबलाई यो स्थानान्तरण ठिक हुन आवश्यक छ । अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनाबाट ७ सय ७८ खेलमा ६ सय ७२ गोल गर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर