लुम्बिनी प्रदेशमा गठवन्धनले बुझायो केसीको समर्थनमा ४२ सांसदहरुको हस्ताक्षर — OSNepal

लुम्बिनी प्रदेशमा गठवन्धनले बुझायो केसीको समर्थनमा ४२ सांसदहरुको हस्ताक्षर

LC (KTM) August 12, 2021 0

बुटवल २८ साउन । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्न गठवन्धन दलहरुले ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।

केसीलाई गठवन्ध दलहरुको ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

केसीको तर्फमा कहसमत देखिएकाले केसीलाई आजै प्रदेश प्रमुखले नियुत्ती समेत गर्ने बुझिएको छ ।आजै केसीले प्रदेश सरकारको पदभार ग्रहण गरेर सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गर्ने तयारी रहेको छ ।

हिजो बुधबार तत्कालिन नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचले गठवन्धनलाई नयाँ सरकारको आह्रान गर्न २२ घण्टाको समय दिएका थिए ।

साथै यस प्रदेशमा आठ आठ महिना सरकारको नेतृत्व गर्ने भनेर माओवादी र सत्तारुढ दल नेपाली कांग्रेसको सहमति समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर