काठमाडौं २८ साउन । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका नेता नेता कार्यकर्ताले सबैतिर जनादेश विरुद्ध परमादेशको रटान गरेको बताएका छन् ।
संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रधानमन्त्री फेरिनु स्वाभाविक भएको
बताएका भट्टराईले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।
भट्टराईले संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंकगणित फेरिदा प्रम फेरिनु स्वाभाविक हैन ररुत्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊॅ न त! त्यो चाहिं नमान्ने रे! चिची पनि पापा पनि खोज्न मिल्छरु भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्,’ओली र ओलीभक्तहरूले सबैतिर जनादेश विरूद्ध परमादेशको रटान गरेको सुनियो । संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रम फेरिनु स्वाभाविक हैन र ?त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाउँ न त! त्यो चाहिं नमान्ने रे! चिची पनि पापा पनि खोज्न मिल्छ ‘