नाबालक छोरी गुमाएको परिवारलाई सहयोग — OSNepal

नाबालक छोरी गुमाएको परिवारलाई सहयोग

LC (KTM) August 12, 2021 0

बला त्कारपछि ह त्या गरेको आशंका गरिएको पूर्वी मकवानपुरकी मृतक ४ वर्षीया बालिकाको परिवारलाई नगद र खाद्यान्न सहयोग गरिएको छ । आर्थिक रुपमा विपन्न रहेको स्वर्गीय रुविना पाख्रिनको परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो ।जसमध्ये जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया र वाग्मती प्रदेशकी निवर्तमान प्रदेश प्रमुख एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाबाट प्राप्त १० हजार रुपैंया हस्तान्तरण गरिएको थियो ।

हाल जापानमा रहेका मकवानपुरकी चेलीहरु शर्मिला लामा र प्रिया व्लोनबाट ५ बोरा चामल, तेल १ कार्टुन र मसला तथा अनुराधा कोईरालाबाट प्राप्त एक बोरा चामल, नुन, तेल, चना प्रदान गरिएको थियो । नगद सहयोग गर्नेमा जापानमै रहेका नेपालको पहिलो स्याटेलाइट निर्माता हरिश श्रेष्ठबाट ३ हजार, पोखराकी सुशिला श्रेष्ठबाट ३ हजार, मकवानपुरगढीकी गोमा लामाबाट २ हजार ५ सय साथै हेटौंडाकी रश्मी बस्नेत, फापरबारीका भीम परियार, बुढीचौर घर भई हाल दक्षिण कोरियामा रहेका गिरिजा न्यौपानेबाट जनही २ हजारसहित १३ जनाले सहयोग गरेका थिए ।

मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका ७, लामिटारस्थित रुविनाको घरमा पुगेर आमा सीतामायाँ पाख्रिन र बुवा शेरबहादुर पाख्रिनलाई नगद र खाद्यान्न सहयोग गरिएको हो । माईती नेपालकी मकवानपुर कार्यक्रम संयोजक मायाँ लामा, मन लामा र जगत टिभीका संचालक अशोकसुजन श्रेष्ठले नगद र खाद्यान्न हस्तान्तरण गरेका थिए ।

झण्डै ८ महिनाअघि मंसीर ३ गते साँझ रुविनाको रगतले लतपतिएको नग्न अवस्थामा श व भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको थियो । रुविनाको बला त्कार र ह त्या गरेको आरोपमा आफन्त नातापर्ने स्थानीय एक किशोरमाथि मकवानपुर जिल्ला अदालतमा मुद्धा चलिरहेको बताईएको छ ।

यसअघि रुविनाको परिवारलाई वागमती गाउँपालिकाबाट ५० हजार, पाख्रिन समाज चितवनबाट ५५ हजार, गाउँलेहरुबाट ३५ हजार, मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरबाट १५ हजार रुपैंया लगायतले आर्थिक सहयोग गरेको परिवारले जनाएको छ । आफ्नो खेतमा उत्पादित अन्नले छ महिनामात्र खान पुग्ने भएकाले ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेकोले थप सहयोगको अपेक्षा गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर