साबधान ! संक्रमण निको भए पछि पनि देखा पर्न थाले यस्ता घातक रोग, मुटुमा समस्या देखि लिएर पक्षघात सम्म पनि हुन सक्ने ! — OSNepal

साबधान ! संक्रमण निको भए पछि पनि देखा पर्न थाले यस्ता घातक रोग, मुटुमा समस्या देखि लिएर पक्षघात सम्म पनि हुन सक्ने !

LC (KTM) August 12, 2021 0

सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।

” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार उनलाई सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सक जानकारी दिए ।

कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले जानकारी दिए । कोभिडका कारणले फोक्सोमा असर पर्ने नै भयो तर यसको सङ्क्रमणले शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।डा. श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्क घात, पक्षघात साथै मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, समस्या हुने प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर