एमालेले नेता तथा कार्यकर्तालाई पढाउने, १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने — OSNepal

एमालेले नेता तथा कार्यकर्तालाई पढाउने, १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने

LC (KTM) August 12, 2021 0

काठमाडौं । नेकपा ९एमाले० स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो । विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको माक्र्सवाद भनेकै जबज रहेको बताउनुभयो ।

उहाँले जबजमा नै राजनीतिक मार्गदर्शन मात्र नभई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शनसमेत स्पष्ट रहेको भन्दै जबजकै आधारित भएर हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अगाडि बढाएको बताउनुभयो ।

अध्यक्ष ओलीले जबजले नेपाली कम्युनिष्ट आन्दोललाई मात्र होइन सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्नेसमेत बताउनुभयो । विभागका सचिव रिजालले प्रशिक्षण पाठ्यक्रमलाई विभागका सबै सदस्यले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र रिजालले उक्त पाठ्यक्रमलाई परिस्कृत गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।

साथै बैठकले स्कुल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकको विषयगत सूची तयार पार्न वैठकले विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरेको छ । सचिव रिजालका अनुसार समसामयिक पार्टी दृष्टिकोण, पार्टी एकता र असफलता कारण, एमालेको पुनःस्थापना अन्तरविरोध र भविष्य, माक्सवादी दर्शन र आर्थिक सामाजिक रुपान्तरण, जनताको बहुदलीय जनवाद ९जबज०, सङ्गठन निर्माण र परिचालन, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध, केपी ओली नेतृत्वका सरकारको नीति, काम र उपलब्धि, आर्थिक वर्ष २०७८र२०७९ नीति कार्यक्रम र बजेट, सूचना र सञ्चार, नेपाली समाज परिचय, साँस्कृतिक रुपान्तरण आगामी निर्वाचन र विजयका आधार विषयमा नियमित कक्षा सञ्चालन गरिने छ । समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर