अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएका पूर्व कप्तान पारसको वरीयतामा सुधार , नेपालको टी ट्वान्टी र एकदिवसीय वरीयता यथावत — OSNepal

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएका पूर्व कप्तान पारसको वरीयतामा सुधार , नेपालको टी ट्वान्टी र एकदिवसीय वरीयता यथावत

LC (KTM) August 11, 2021 0

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले आज जारी गरेको वरीयताक्रममा नेपाल यथास्थानमा नै रहेको छ । नेपालको टी ट्वान्टी र एकदिवसीय वरीयता यथावत रहेको हो । टी ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ भने एकदिवसीय वरीयताको पनि १६ औं स्थानमै रहेको छ ।

यता आईसीसीको टी ट्वान्टी वरीयतामा नेपालका चार खेलाडीले स्थान बनाउन सफल भएका छन् । आइसिसीको नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल, पारष खड्का, ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने अटाएका हुन् । ब्याटिङ वरीयतामा कुशल भुर्तेल यथास्थानमै रहेका छन् । उनी यसअघि ६० औं स्थान रह लिे पनि सोही स्थानमै रहेका छन् ।

अन्र्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका नेपालका पूर्व कप्तान पारस खड्काको वरीयतामा भने सुधार आएको छ । पारस ९० औं स्थानमा उक्लिएका छन् । यस्तै हालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा उक्लिएका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर