आज बस्ने मन्त्रिपरिषद्को बैठकमा :सीसीएमसीलाई थप शक्तिशाली बनाउन अध्यादेश ल्याँइदै — OSNepal

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा :सीसीएमसीलाई थप शक्तिशाली बनाउन अध्यादेश ल्याँइदै

LC (KTM) May 17, 2021 0

काठमाडौँ ३ जेठ । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । कोभिड- १९ कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले यस विषयमा थप निणर्य गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

कोभिड-१९ संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि केहि अध्यादेश ल्याउने सरकारको तयारी रहेको बुझिएको छ । हिजो बसेको सीसीएमसीको बैठकले संक्रामक रोग ऐन, २०२० कार्यान्वयनले मात्र नपुगेको निष्कर्ष निकालेको थियो । कानूनी झन्झटका कारण स्वास्थ्य सामग्री खरिदमा समस्या परेकोकाले आजको बैठकले सीसिएमसीलाई थप शक्तिशाली बनाउन अध्यादेश ल्याउन लागिएको हो ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने समते तयारी भएको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर