देउवाको नेतृत्वमा पार्टीका शिर्ष नेताहरु बैठक बस्दै — OSNepal

देउवाको नेतृत्वमा पार्टीका शिर्ष नेताहरु बैठक बस्दै

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले १४ महाधिवेशन नहुने आशंका व्यक्त गर्दै आज महाधिवेशनको विषयमा छलफल गर्न दलका शीर्ष नेताहरुलाई बोलाएका छन् ।

बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, दुई महामन्त्रीहरु डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत र नेता मीनेन्द्र रिजालको सहभागिता रहने भएको छ ।

भदौमा हुने भनिएको महाधिवेशनको क्रियाशिल सदस्यताको विवाद अन्त्य नभएपछि महाधिवेशन नै नहुने संकट देखा परेपछि यता वरिष्ठ नेता पौडेल पक्षले भने पार्टीको वैधानिकताको लागि पनि भदौमै विशेष महाधिवेशन गर्नुपर्ने दवाव दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर