प्रदेशसभामा अल्पमतमा परेका एमालेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा — OSNepal

प्रदेशसभामा अल्पमतमा परेका एमालेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । प्रदेशसभामा अल्पमतमा परेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट आज राजीनामा दिएका छन् ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई आज बुधबार राजीनामापत्र बुझाएका हुन् । अहिले १ सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअघि नै पोखरेलले राजीनामा दिएका हुन् ।

विपक्षी पाँच गठबन्धन दलले पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश गरेर माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर