राससका पूर्व कर्मचारी न्यौपानेको निधन — OSNepal

राससका पूर्व कर्मचारी न्यौपानेको निधन

Kesh Karki (USA) August 11, 2021 0

राष्ट्रिय समाचार समिति झापाका पूर्व कर्मचारी राजु न्यौपानेको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उहाँको मेची प्रादेशिक कोभिड अस्पतालमा उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको हो । ५५ वर्षीय न्यौपानेलाई १० दिन अघि ज्वरो र रुखाखोकीले सताएपछि उपचारका लागि सोही अस्पतालमा लगिएको थियो । अस्पतालले उहाँलाई औषधि लिएर होम आइसोलेसनमा बस्ने सुझाव दिँदै फर्र्काइदिएको थियो ।

होम आइसोलेसनमा बस्दै आउनु भएका राजुको स्वास्थ्य बिग्रिदै गएपछि उपचारका लागि पाँच दिनअघि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगिएको थियो । अस्पतालले बिरामीको चाप बढी भएको र सघन उपचार कक्ष खाली नभएको जनाउँदै उहाँलाई विर्तामोडैमा रहेको बिएण्डसी अस्पताल लैजाने सुझाव दिएको थियो ।

बिएण्डसी अस्पताललेसमेत सघन उपचार कक्ष खाली नभएको जनाएपछि पुनः मेची प्रादेशिक कोडिभ अस्पतालमा राखेर उहाँको परिवारले उपचार गराइरहेको थियो । उपचारकै क्रममा उहाँको मङ्गलबार १२ बजे मृत्यु भएको परिवारले जनाएको छ ।

स्थानीय देउनिया खोलामा उहाँको अन्त्येष्टि गरिएको छ । उहाँका दुई छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर