महाधिवेशन सार्न प्रधानमन्त्री समेत रहेका देउवा निकट नेताहरुको बैठक बस्दै — OSNepal

महाधिवेशन सार्न प्रधानमन्त्री समेत रहेका देउवा निकट नेताहरुको बैठक बस्दै

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सार्नको लागि आज सभापति शेरबहादुर देउवा निकटका नेताहरु बिच छलफल हुँने भएको छ ।

भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको अधिवेशन नहुने निश्चित भएपछि पार्टीको बैधानिकताको लागि प्रधानमन्त्री समेत रहेका देउवाले आफूनिकट नेताहरूसँग छलफल गरी महाधिवेशन सार्ने तयारी गरिरहेका छन् ।

देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी भएका भएका छन् । बैठकमा देउवाले तोकिएको समयमा महाधिवशेन नहुने भएकाले थप विकल्प खोज्नेबारे छलफल गर्ने भएका छन् ।

क्रियाशील सदस्यता विवाद टुंगो लगाउन नसक्दा कांग्रेसले आफ्नो वैधानिकता नै गुमाउने होकि भन्ने प्रश्नले यति बेला चर्चा पाएको छ । यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने भदौमा महाधिवेशन गनैपर्ने अडान लिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर