बाबु मेस्सीको खिल्ली उडाउने फ्यानलाई मेस्सीका ८ वर्षे छोराले लिए यसरी बदला — OSNepal

बाबु मेस्सीको खिल्ली उडाउने फ्यानलाई मेस्सीका ८ वर्षे छोराले लिए यसरी बदला

LC (KTM) August 11, 2021 0

काठमाडौं। बार्सिलोनाबाट बाहिरिएसँगै लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । अर्जेन्टिनाका ३४ वर्षीय कप्तान मेस्सी मंगलबार पेरिस पुगेर तीन वर्ष रहने विकल्प पनि करारमा सम्झौता गर्नुअघि उनलाई पिएसजी जान नदिन कानुनी खेल सुरु भएको पनि खबर आए ।

मेस्सी पेरिस जाने चर्चा चले लगत्तै विमानस्थलमा ठूलो भिड जम्मा थियो । मेस्सी पेरिस जानै लाग्दा उनको बार्सिलोनास्थित घरबाहिर पनि ठूलो भिड जम्मा भयो । सो अवसरमा फ्यानहरुले मेस्सीका छोराहरुसँग पनि कुराकानी गर्न भ्याए । मेस्सीको घरबाहिर जम्मा भएका फ्यानहरुमध्ये एक जनाले मेस्सीको खिल्ली उडाए लगत्तै मेस्सीका ८ वर्षे छोरा थियागोले उनलाई निकै कडा जवाफ दिँदै भने ‘अनि म तिम्रा पितालाई हेरेर हाँस्नेछु ।’

खासमा ती फ्यानले भनेका थिए ‘खोइ कहाँ छन् मेस्सी रु म उनलाई हेरेर हाँस्नेछु ।’ यो सुन्नेबित्तिकै मेस्सीका छोरा थियागोले भने ‘अनि म तिम्रा पितालाई हेरेर हाँस्नेछु ।’ मेस्सीका छोराले ति फ्यानलाई दिएको प्रतिक्रियाको भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ ।

यो पनि स् पीएसजीबाट ३० नम्बर जर्सी लगाएर शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू खेल खेल्दै मेस्सी स् बार्सिलोनाबाट बाहिरिएसँगै लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । अर्जेन्टिनाका ३४ वर्षीय कप्तान मेस्सी मंगलबार पेरिस पुगेर तीन वर्ष रहने विकल्प पनि करारमा सम्झौता गरिएको स्रोतले जनाएको छ ।

ला लिगाको फाइनान्सिययल फेयर प्लेको नियमअनुसार नयाँ करार दिन नसकेपछि मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्न बाध्य भएसँगै उनी पेरिस पुगेर करारमा हस्ताक्षर गरेका हुन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका मेस्सीले सम्झौता लगत्तै आँफु पार्क डेस प्रिन्सेसको मैदानमा खुट्टा टेक्न निकै उत्साहित भएको उल्लेख गरेका छन् ।

शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू गर्न सक्ने मेस्सीले पीएसजीमा ३० नम्बर जर्सी लगाउने भएका छन् । सम्झौता लगत्तै मेस्सीले आफ्नो टोलीले विश्वभर नयाँ इतिहास बनाएको हेर्न इच्छुक रहेको उल्लेख गरे । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर