आज यि यि स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भाबना — OSNepal

आज यि यि स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भाबना

LC (KTM) August 11, 2021 0

काठमाडौं-अहिले देशभर मौसम बदली भई थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षासमेत हुने सम्भावना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै भनेको छ देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर