पीएसजीबाट ३० नम्बर जर्सी लगाएर शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू खेल खेल्दै मेस्सी — OSNepal

पीएसजीबाट ३० नम्बर जर्सी लगाएर शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू खेल खेल्दै मेस्सी

LC (KTM) August 11, 2021 0

काठमाडौं । बार्सिलोनाबाट बाहिरिएसँगै लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । अर्जेन्टिनाका ३४ वर्षीय कप्तान मेस्सी मंगलबार पेरिस पुगेर तीन वर्ष रहने विकल्प पनि करारमा सम्झौता गरिएको स्रोतले जनाएको छ ।

ला लिगाको फाइनान्सिययल फेयर प्लेको नियमअनुसार नयाँ करार दिन नसकेपछि मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्न बाध्य भएसँगै उनी पेरिस पुगेर करारमा हस्ताक्षर गरेका हुन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका मेस्सीले सम्झौता लगत्तै आँफु पार्क डेस प्रिन्सेसको मैदानमा खुट्टा टेक्न निकै उत्साहित भएको उल्लेख गरेका छन् ।

शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू गर्न सक्ने मेस्सीले पीएसजीमा ३० नम्बर जर्सी लगाउने भएका छन् । सम्झौता लगत्तै मेस्सीले आफ्नो टोलीले विश्वभर नयाँ इतिहास बनाएको हेर्न इच्छुक रहेको उल्लेख गरे ।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर