क्रिकेट प्रेमीहरु लाई थाम्नै नसक्ने गरीको खुशी , अब खेलकूदको महाकुम्भ ओलम्पिकमा क्रिकेट पनि समाबेश हुदै — OSNepal

क्रिकेट प्रेमीहरु लाई थाम्नै नसक्ने गरीको खुशी , अब खेलकूदको महाकुम्भ ओलम्पिकमा क्रिकेट पनि समाबेश हुदै

LC (KTM) August 10, 2021 0

ओलम्पिक यस्तो खेलको कुम्भमेला हो जहाँ हरेक खेलहरु समाबेश गरिएको हुन्छ । सबै खेलहरु समाबेश गरिएकोले नै यस प्रतियोगिता लाई खेलकूदको कुम्भमेला मानिएको हो । तर यस कुम्भ मेलामा क्रिकेट भने समाबेश नहुनु दुःखद पक्ष रहेको छ ।

सन् १९०० मा क्रिकेट समाबेश गरिएको थियो तर त्यहाँ देखी फेरी ओलम्पिकका क्रिकेट समाबेश भएको छैन । तर अब क्रिकेटप्रेमीहरुका लागि खुशीको खबर आएको छ । ओलम्पिक खेलकुद प्रतियोगितामा क्रिकेट खेल समावेश हुने भएको छ ।

ओलम्पिकमा क्रिकेटलाई पनि समाबेश गराउनकै लागि भनेर अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले पहलकदमी सुरु गरेको छ । आईसीसीका अध्यक्ष ग्रेग बार्कले निकट भबिश्यमै क्रिकेटलाई ओलम्पिक खेलकुदको एक हिस्साको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । आईसीसीले मंगलबार ओलम्पिकमा क्रिकेट समावेश गराउन पहल थालिएको जानकारी दिएको छ ।

सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश गर्ने लक्ष्यसहित तयारी गरिएको आईसीसीले जनाएको हो । अर्काे ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुदैछ । सो ओलम्पिकमा क्रिकेट पनि समाबेश गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर